arrow

२५ वर्षे युवाको ट्याङ्करको ठक्करबाट मृत्यु

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
accident-final.jpeg

भरतपुर । ट्याङ्करको ठक्करबाट बुधबार राति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

मृतकको पहिचान खुल्न नसकेको र  शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ