arrow

दजाकोटमा माघी मेला तथा विविध सांस्कृतिक कार्यक्रम

logo
कौरव खत्री, 
प्रकाशित २०७६ माघ २ बिहिबार

गुल्मी । नेपाल मगर सघं मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मीको आयोजनामा माघेसक्रान्तिको अवसरमा आयोजना गरिएको माघी मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मेलाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मगरहरुको कला संस्कृति संरक्षणका लागि सग्रहांलयको स्थापना गर्नुपर्न बताएका छन् । माघी पर्व स्थानीय संस्कृतिको रुपमा विकास हुनुपर्ने भन्दै मगर संस्कृतिको संस्कृति संरक्षणले समग्र नगरपालिकाको संस्कृति विकासमा टेवा पुग्ने उनको भनाई छ । 

साथै उनले मागी मेलालाई हरेक वर्ष एउटा ऐतिहासिक पर्वको रुपमा दजाकोटमा आयोजना गर्न आग्रह गर्दै नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहने बताए ।

मगरको पहिचान खुल्ने होमस्टे, मगरहरुको संग्रालय, स्थापना गरी मगरहरुको पहिचान जोगाई राख्न उनकोे आग्रह छ । त्यस्तै दजाकोटमा वितेका दिनमा आगलागीबाट भएको क्षतिबाट पार गरेर नयाँ सिर्जनाको विकास भएको र स्थानीयहरु पुनः पुरानै दैनिकीमा फर्किएको बताए ।  

ठूला ठूला कुरामा भन्दा  साना साना कुरामा पनि  ध्यान दिएर  महत्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे ।

कार्यक्रमको अवसरमा मन्तव्य व्यक्त गर्दै नेपाल मगर सघं मुसिकोट नगरपालिकाका नगरकार्य समितिका अध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि कृष्ण सूर्यवशीं मगरले माघी पर्व मगर समुदायको मात्रै नभई सम्पूर्णको साझा पर्व भएकाले मगर समुदायको विकासको लागि सबैको साथ र सहयोगको जरुरी रहेको बताए । 

साथै उनले स्थानीय तहले पनि मगरहरुको पहिचान बचाउने खालका कार्यक्रमहरु गर्नुपर्ने उनको भनाई छ । त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले यस क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेको भएपनि आफ्नो भाषा भने कमै बोल्ने गरिएकाले भाषा संरक्षणमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु रामचन्द्र चन्द, तिर्सना घर्तिमगर लगायत स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो । मगर संस्कृतिका स्थानीय भेषभुषा, कला संस्कृति तथा स्थानीय झाँकीहरु, भैलो, यानीमाया, रेकर्ड डान्स लगायतका प्रस्तुती रहेको थियो । उक्त अवसरमा बरिष्ठ चन्दादाता, आतिथि एवं कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष ओम बहादुर के.सी. वडा नं ५ का अध्यक्ष भागीरथ खरेल, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले, वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ३ का वडा सदस्य शंकर रायमाझी, मुसिकोट नगरपालिका सामाजिक विकास सयोंजक हरिप्रसाद छन्त्याल, ंत्रिभुवन माध्यमिक विद्यालय भुवाचिदीका पूर्व प्रधानाध्यापक राम बहादुर थापा, मुसिकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापा, नेपाल मगर सघंका पूर्व सचिव पुरन बगाले मगर,पशुपति निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक जुक्त बहादुर छन्त्याल, पत्रकार  कौरव खत्री,राम कृष्ण कडेंल, सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल मगर मगर  मुसिकोट नगरपालिका ४ दजाकोटका अध्यक्ष दुर्गाबहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर सघंका सचिव सुमन पेमीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन मुसिकोट नगरपालिकाका श्रोत व्यक्ति चुरा बहादुर छन्त्याल र सञ्चारकर्मी अमृता गाहा मगरले गरेका थिए । आफ्नै कला भाषा संस्कृति, आफ्नै पहिचान, संरक्षण, प्रवद्धन र विकास हाम्रो अभियान भन्ने मुल नारा सहति सघंले विगत ३ वर्ष देखि माघी मेलाको आयोजना गर्दै आईरहेको छ ।

२०७३ सालमा स्थापना भएको सघंले यसक्षेत्रमा मगर कला र भाषा संस्कृतिको लागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ