- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। देशभर बढ्दो चिसोका कारण जनजिवन कष्ठकर हुदैँगर्दा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको भवानीपुर गाउँपालिका ठाडी टोल, नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल प्रदान गरेको छ ।
एक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कपडाको अभावमा चिसो सहन बाध्य रहेका सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको बैंकले जनाएको छ।
शितलहरका कारण हरेक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रेर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न कम्बल वितरण गरिएको बैंकले जनाएको छ।