arrow

रामानन्द जयन्तीमा पाँच दिने कार्यक्रम

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ४ शनिबार
janakpur-dharma.jpg

जनकपुरधाम। हिन्दू धर्मका महान् गुरु अनन्त विभूसित रामानन्द आचार्य भगवानको जयन्ति यस पटक पाँच दिवसीय कार्यक्रमको आयोजना गरेर भव्य रुपमा जनकपुरधाममा मनाईएको छ ।

श्री रामानन्दीय जयन्ती महोत्सव २०७६ मूल समितिको आयोजनामा शुक्रवार जनकपुरधाममा भव्य आकर्षक झाँकी सहितको झाकी सहितको शोभा यात्रा प्रदर्शन गरेका छन् ।

जनकपुरधामको रामानन्द प्रवेशद्वार नजदिकवाट बाजा गाजा तथा झाकी सहित निष्केको शोभा यात्रा जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न भागहरुको परिक्रमा गरेका छन ।

हिन्दू धर्ममाथि मूगलद्वारा आक्रमण भएका बेलामा स्वामी रामानन्द आचार्यले आफ्नो विद्वतावाट पुनः प्रचार प्रसार गर्ने कामकाज गर्नु भएकोले उहाको स्मरणमा श्री रामानन्दीय श्री वैष्णव संघको अगुवाईमा पहिलो पटक भव्य कार्यक्रमको आयोजना गरेर जन्ति मनाउने कामकाज भएका हुन् ।



लोकप्रिय समाचार
नयाँ