arrow

प्लाष्टिकरहित नगर अभियान घोषणामै सीमित

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ माघ ४ शनिबार
dhangadi1.jpg

धनगढी। धनगढी उपमहानगरपालिकाले धनगढीलाई प्लाष्टिकरहित नगर बनाउन घोषण गरेको थियो । असोज महिनाको अन्तिम साता उपमहानगरपालिकाले धनगढीलाई प्लाष्टिकरहित नगर बनाउने भन्दै घोषणा गरेको हो । तीन  महिना वितिसक्दा पनि अझै धनगढी नगर भने  प्लाष्टिकरहित हुन सकेको छैन ।

उपभोक्ता लगायत व्यापारीहरुले भने प्लाष्टिक बाहिरी देशबाट आयात हुने भएकाले यसको रोकथाम गरिनुपर्ने बताएका छन् । उक्ता उपमहानगरपालिकाले भने छिटै धनगढी नगर प्लाष्टिकरहित मुक्त  हुने बताएको छ ।उपभोक्तलाहरुले भने प्लाष्टिक बाहिरी देशबाट आयात हुने भएकाले यसको रोकथाम गरिनुपर्ने बताएका छन् ।

पसल लगायत हाटबजारहरुमा प्लाष्टिक प्रयोग गर्नेलाई जरीवाना लिने गरेपछि नियन्त्रण हुन सक्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय गोविन्दराज भट्टले बताए । जनचेतनाको कमीले गर्दा पनि प्लाष्टिकरहित मुक्त हुन नसकेको उनले जानकारी दिए । प्लाष्टिक नियन्त्रण सम्बन्धी विभिन्न ठाँउहरुमा कार्यक्रमहरु को आयोजना गरिनुपर्ने उहाँले बताए । राज्यले पनि सवै ठाउँहरु मा कडाइका साथ अगाडी बढनुपर्ने उनले जानकारी दिए । प्लाष्टिक उत्पादन कलकारखाना लाई बन्द गर्न सकियो भन्ने प्लाष्टिक मुक्त हुने धनगढीका अर्का स्थानीय नरेश बोहराले बताए । आफूहरुले पनि प्लाष्टिकको प्रयोग नगर्ने र सचेत हुनपर्ने उनले जानकारी दिए ।

व्यापारीहरुले भने हाटबजार लाई मात्रै प्लाष्टिकरहित मुक्त बनाएर सम्भव नहुने बताएका छन । व्यापारीहरु ले उपभोक्ताहरु लाई प्लाष्टिक भन्दा झोलामा  सामान लैजान आगह गरेपनि कुनै सुनुवाइ नभएको  त्रिनगर कृषि उपज हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिह चैसिरले बताए । हाट बजारमा मात्रै प्लाष्टिकरहित मुक्त गोष्टा गरेर सम्भव नहुने भएकाले धनगढी बजार  भरिनै बन्द गरिनु पर्ने उनले बताए । उनले दुई÷तीन दिन प्लाष्टिकको झिलि बन्दा गर्दा पनि प्लाष्टिक मुक्त हुन नसकेको जानकारी दिठए ।

उपभोक्तलाहरुले झोलाको मुल्य महगो पर्ने भएकाले प्लाष्टिकका झिलिनै किने गरेको व्यापारीहरुले बताएका छन । झोला २० रुपैयामा एउटा मात्रै आउने र प्लाष्टिकको झिलि धेरै आउने भएकाले उपभोक्ताहरुले झिलि धेरै किने गरेको व्यापारी धोके रानाले बताए । दैनिक ३०-३५ वटा झोला बिक्रि भएपनि प्लाष्टिकका झिलि भने १०÷१२ किलो बिक्री हुने गरेको उहाँले जानकारी दिए । आफूले उपभोक्तालाई झोला किन भनेपनि उपभोक्ताले भने प्लाष्टिकको झिलिनै लिने गरेको उनले बताए । धनगढी उपमहानगरपालिकाले भने छिटै धनगढी नगर प्लाष्टिकरहित मुक्त हुने बताएको छ ।

उपमहानगरपालिकाले सवैको घर घरबाट प्लाष्टिक किने अभियानको तयारी रहेको उपमहानगरपालिका नगर प्रमुख नृप वडले बताए । आफुहरुले झोला बनाउने मसिनहरु तयार गरिरहेकाले अवको केहि दिनमै बजारमा झोलाहरु वितरण गरिने उनले बताए । झोलाको तयार गरिरहेकाले अवको एक महिना भित्रै प्लाष्टिकरहित नगर हुने उनले जानकारी दिए ।

उपमहानगरपालिकाको प्लाष्टिकरहित नगर अभियान अहिले साच्चिकै घोषणामै सीमित बन्न पुगेको छ । सुरुका दिनमा हल्लाखल्ला गर्दै सुरुवात गरिएको प्लाष्टिकरहित अभियानप्रति बेवास्ता गरिएको छ । हाटबजारमा प्लाष्टिकरहित अभियान भनेर लगाइएको बोर्डमा बनाइएका नियमले गिज्याइरहेको पनि छ । ती नियमहरुको कुनै पालना भएको छैन ।वातावरणीय रुपमा असर पुग्ने प्लाष्टिकको झोलाको प्रयोगलाई निरुत्साहित गर्न उपमहानगरपालिकाले बलियो खालको झोला उत्पादन गरेको थियो । जसलाई खल्तीमा पनि हालेर पनि बोक्न सकिन्छ ।

उपभोक्ताको सुविधा र प्लाष्टिकको झोलाको प्रयोग कम गराउन २० रुपैयाँ मूल्य राखेर विक्री गर्न सुरु गरिएको थियो । तर, त्यो झोलाको प्रयोग निकै कम मात्रामा मात्रै भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ