arrow

शैक्षिक उन्नयनका निमित्त सक्दो सहयोग गर्छु : बिमलेन्द्र निधि

logo
आशिष रेग्मी,
प्रकाशित २०७६ माघ ४ शनिबार
nidi-college.jpg

चोरमारा। नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधिले मध्यबिन्दु-०७ नवलपुरमा रहेको नबजागरण बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग गर्ने बताएका छन्। नबजागरण बहुमुखी क्याम्पसले पौष २७ गते देखी संचालन गरेको पितृ मोक्ष महायज्ञको कार्यक्रममा बोल्ने क्रममा निधिले यस्तो बताएका हुन्।

महायज्ञको कार्यक्रममा प्रमुखी अतिथी रहेका नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधिले क्याम्पसको भौतिक र शैक्षिक बिकाशका निमित्त क्याम्पसले गरेको प्रयत्न प्रशंशनिय छ भन्दै शिक्षाको स्तर वृद्धिका निमित्त आफुले सदैब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। सो क्रममा निधिलाई केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजले रुद्राक्ष र गिताको पुस्तक प्रदान गरेका थिए। 

निधी संगै माननीय ओमकला गौतम, क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्की, प्रमुख बाचक पण्डित नेत्र प्रशाद पराजुली लगायतका विशिष्ट ब्यक्तित्व तथा आयोजकलाई जगतगुरु शिवाचार्यले रुद्राक्ष र गिताको पुस्तक प्रदान गरेका थिए। 

महायज्ञको पाचौं दिनदेखी उपस्थित भक्तजनलाई रुद्राक्ष र गिताको पुस्तक बितरण गर्ने गरिएको छ। महायज्ञमा १ लाख गिताको पुस्तक बितरण गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ। महायज्ञको कार्यक्रममा चन्दादाता संघ संस्था र ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। जाडो मौसम लगातारको बर्षा भएपनी उल्लेखनिय भक्तजनको उपस्थितिमा महायज्ञको कार्यक्रम सम्पन्न भएको छ।

महायज्ञको छैठौं दिनसम्म आउदा करिब ५ करोड २५ लाख दानरकम संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताए। महायज्ञ माघ ०६ गतेसम्म संचालन हुनेछ। महायज्ञको रौनकता बढ्दै जादा अपेक्षित सहयोग रकम उठ्नेमा आयोजक ढुक्क रहेको पङ्गेनीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ