arrow

साइकल यात्रीलाई हानेर मार्ने बस र चालक नियन्त्रणमा 

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
accident-final.jpeg

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । 

प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई शनिबार राति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ