arrow

लागुऔषधसहित तीन युवक पक्राउ

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
Handcuffs.jpg.png

लहान । नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । 

स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट तीन ट्याब्लेट समेत बरामद गरिएको छ । 

यस्तै सिरहाकै मिर्चैया नगरपालिका–६ कटारीचौकबाट प्रहरीले डिलेक्स डिसी १०० एमएलको १३ बोतल लागुऔषधसहित स्थानीय २४ बर्षीय अशोक कुमार साहलाई पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ