arrow
ADVERTISEMENT

अमेरिकी गोलीकाण्डमा दुई मारिए

logo
सिन्हवा,
प्रकाशित २०७६ माघ ६ सोमबार
texas-us.jpg

ह्यूस्टन। अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ। सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताउनु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ