arrow

दिल्लीमा त्रिपक्षीय भिडन्त 

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
delhi-police.jpg

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवाल विरुद्ध भाजपा र कांग्रेसले आफ्ना उम्मेदवार उठाएका छन् । 

कांग्रेसले रोमेश सभरवाल र भाजपाले सुनील यादवलाई उतारेको हो । रोमेशले राजनीतिक जीवनको सुरुआत एनएसयूआईबाट भएको थियो । सुनील दिल्ली भाजपाका युवा मोर्चाका अध्यक्ष हुन् । 

कांग्रेसका पूर्व विधायक अमरीश गौतम र भीष्म शर्मा पहिले नै भाजपामा सामेल भएपछि कांग्रेस केही कमजोर देखिएको छ । 

दिल्ली चुनावका लागि अहिलेसम्म कांग्रेसले ६१ उम्मेदवारको सूची जारी गरिसकेको छ । 

भाजपाले अहिलेसम्म ६७ उम्मेदवारको सूची जारी गरिसकेको छ । दिल्ली विधानसभाका सबै ७० सिटमा आम आदमीले उम्मेदवार घोषणा गरिसकेको छ । 

दिल्लीमा ८ फेब्रुअरीमा विधानसभा चुनावको लागि मतदान हुनेछ । यसको नतिजा ११ फेब्रुअरीमै आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ