arrow

दुर्घटनामा ज्यान गयो वडाध्यक्षको 

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
Krishna-Savaran_Gaunpalika.png

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरी नायब  उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ