arrow

जम्मू–कश्मीरबाट मुजाहिदीनको आतंक समाप्त हुँदै

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
kashmir-sopiya.jpg

काठमाडौं । जम्मू–कश्मीरमा हिजबुल मुजाहिदीनको आतंकवादी संगठनको अन्त्यको करिब पुगेको भारतीय सुरक्षाले दाबी गरेको छ । 

सुरक्षाबलले सोमबार शोपियां क्षेत्रमा मुजाहिदीनका तीन आतंकवादीलाई मारेपछि उक्त सफलता नजिक पुगेको दाबी गरेको हो । 

तीनमध्ये एक जना कमान्डर वसिम अहमद वानी रहेको सुरक्षाकर्मीले बताएका छन् । वानी घाटीमा सन् २०१७ देखि सक्रिय रहेको थियो । वानीलाई मुजाहिदीनको शीर्ष कमान्डर मानिन्छ । 

वानीमाथि चार नागरिक र चार पुलिस मारेको आरोप छ । उमाथि १९ एफआइआर परेको थियो । 

डीजीपी दिलबाग सिंहका अनुसार सुरक्षाकर्मी दक्षिण कश्मीरमा मुजाहिदीनलाई समाप्त पार्ने अभियानको नजिक पुगेको छ । 

गत हप्ता डोडा जिल्लामा सुरक्षाकर्मीसंगको एनकाउन्टरमा हिजामुदीन मारिएको थियो । जसलाई हारुन हफजका नामले चिनाइएको थियो । 

विगत १५ दिनमा सुरक्षाबलको कार्वाहीमा परी त्यहाँ ७ आतंकवादी मारिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ