arrow
ADVERTISEMENT

शल्यक्रियाको चार हप्ताअघि धुम्रपान नगरे खतरा कम हुने

logo
एएफपी,
प्रकाशित २०७६ माघ ७ मंगलबार
cigarette-dead.jpg

जेनेभा। शल्यक्रिया गर्नुपर्ने कुनै पनि विरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ। कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धुम्रपान नगरेमा रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको संभावना निकै कम हुने सोमबार सार्वजनिक भएको अध्ययनमा देखाइएको हो। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भएपनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई पनि कम खतरा देखिएको उल्लेख छ। अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि बृद्धि हुने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ। अष्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालय र वर्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लुएफएसए) सँगको सहकार्यमा डब्लुएचओले अध्ययन गरेको हो।
 
चार हप्तासम्म तमाखु सेवन नगर्दा स्वास्थ्य अवस्थामा १९ प्रतिशत जति सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। “कुनै पनि विरामीको सानो वा ठूलो जस्तो सुकै शल्यक्रिया गर्दा पनि शल्यक्रिया गर्नुभन्दा कम्तीमा चार हप्ता अगाडीदेखि धुम्रपान सेवन नगरेमा उसको स्वास्थ्यमा धेरै राम्रो परिणाम देखिने तथ्य पत्ता लागेको छ,” डब्लुएचओको सूर्ती निषेध इकाइका प्रमुख डा. विनायक प्रसादले बताए। धुम्रपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरिरका अन्य अङ्गको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारिरिक समस्या सृजना गर्ने उनले बताए। 

डब्लुएचओले सवै देशहरुले धुम्रपान विरुद्धको सचेतना बृद्धि गर्नु पर्ने खाँचो औल्याउँदै त्यसका लागि चेतनामुलक कार्यक्रम र शैक्षिक अभियानहरु संचालन गर्न पनि सुझाव दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ