arrow
ADVERTISEMENT

‘बीबीसीका टोनी हलद्वारा छ महिनापछि जिम्मेवारी छोड्ने’

logo
एएफपी,
प्रकाशित २०७६ माघ ७ मंगलबार
tony-hall-bbc.jpg

लण्डन। विश्वप्रसिद्ध बेलायती समाचार संस्था बीबीसीका महानिर्देशकले आगामी छ महिनाभित्र राजिनामा दिने सोमबार त्यहाँ कार्यरत कर्मचारीहरूलाई सोमबार बताएका छन्। पछिल्लो समय बीबीसीमा समान तलब र यसको वित्तीय व्यवस्थापनमाथि न्यायाधिकरणले प्रश्न उठाउँदै गरेको आदेशपछि तनाबमा रहेको अनुमानहरू गरिएका थिए।

बीबीसीका कर्मचारीहरूलाई सामुहिक इमेल सन्देश लेख्दै उनल भने, “मैले यस संस्थाका लागि सक्ने सबै कुरा आगामी छ महिनामा दिनेछु तर ग्रीष्म ऋतु पहिले मैले महानिर्देशकबाट हट्नेछु।”

उनले लेखेका छन्, “यदि मैले मेरो मनलाई खुलारूपले सोधेँ भने मैले छोड्ने निर्णय गर्न चाहने छैन। तरपनि मलाई विश्वास के छ भने नेतृत्वको महत्वपूर्ण काम संस्थाको हितलाई पहिला राख्नुपर्छ।” हलले सन् २०१३ मा तत्कालिन कार्यक्रम प्रस्तोता जिम्मी साभिलमाथि बेलायतको बहुचर्चित बाल यौन दुब्यवहारको आरोप लागेपछि विश्वको सबैभन्दा ठूलो प्रशारण संस्थाको ख्यातिलाई स्थापित गरिराख्ने जिम्मेवारीसहित कार्यभार समालेका थिए।

गत हप्ता समान–पारिश्रमिकका लागि न्यायाधिकरणको अप्रत्याशित आदेशका कारण आर्थिक सङ्कटमा परेको संस्थाबाट उहाँ पछि हट्ने निर्णय आएको छ। रोजगार न्यायाधिकरणको निर्देशनलाई मान्ने हो भने लाखौँ पाउण्ड बराबरको मूल्य चुकाउनुपर्छ, र लाइसेन्स शुल्कका लागि सरकारसँग सङ्घर्ष गर्नुपर्छ।

बीबीसीका महिला प्रस्तोता न्यायाधिकरणले समिरा अहमदले आफूलाई पारिश्रमिकमा आफूसरह कार्यक्रम सञ्चालन गर्ने जेरमी भाइनको भन्दा छ गुणा कम पारिश्रमिक दिएको र ज्यालामा विभेद गरेको उजूरीका आधारमा रोजगार न्यायाधिकरणले नयाँ निर्देशन दिएको थियो। 

बीबीसीमाथि नयाँ प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट निर्वाचनका समय पूर्वाग्रही बनेको आरोप लागेपछि दवाब परिरहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ