पाकिस्तानमा अपहरण र धर्म परिवर्तनले अल्पसंख्यक हिन्दुहरु चिन्तित
प्रकाशित २०७६ माघ ७ मंगलबार
604
Shares
एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तमा रहेका अल्पसंख्यक हिन्दुहरुले आफुहरुलाई पाकिस्तानमा बस्न गाह्रो हुन थालेको बताएका छन्। पाकिस्तानका प्रम ईमरान खानले अल्पसंख्यकहरुको जिम्मा सरकारले लिन्छ भने पनि अफठ्यारो परिरहेको सो समुदायले बताएको छ।
केहि दिन अघि मात्र १५ बर्षिया किशोरीको अपहरण भएको र उनलाई ईश्लाम धर्मावलम्बी बनाएर विवाह विवाह भएको सार्वजनिक भएपछि हिन्दु समुदायमा चिन्ता बढेको छ। बिगत केहि समयदेखि ५० भन्दा बढि किशोरीहरुको त्यसरी विवाह भैसकेको छ।
हिन्दु समुदाय आक्रोशित र चिन्तित छ साथै असुरक्षित पनि रहेको छ । आफ्ना छोरी-चेली किशोर अवस्थामै विवाहमा बाँधिने र धर्म परिवर्तन गर्नाले उनीहरुको अस्तित्व खतरामा परेको भन्दै पाकिस्तानका प्रमलाई संसदमा उक्त कुरा उठाउन आव्हान गरेका छन्।
सिन्ध प्रान्तको जकोबावादकी कक्षा ९मा पढ्ने अरोक कुमारी उर्फ मेहक कुमारी स्कुलबाट घर आईनन्। उनको खोजी भयो र पछि उनले भिडियो मेसेज पठाईन आफुले विवाह गरेको र ईश्लाम धर्मावलम्बी बनेको भन्दै । उनले आफु १८ बर्ष रहेको बताएकी छिन् भने उनको परिवारले उनी १५ बर्षमा मात्र रहेको बताईरहेको छ।
१५ बर्षिय किशोरीको अपहरण र वालविवाहको मुद्दा अनुसार प्रहरी अघि बढेको छ। हिन्दु समुदाय चिन्तित छ र लगातारको अपहरण र धर्म परिवर्तनका विरुद्ध आन्दोलन गर्ने बारे सोचिरहेको छ। आफ्नो अस्तित्वका लागि लडाई लड्ने सोचमा पाकिस्तानको हिन्दु समुदाय पुगेको छ।