arrow

घूससहित वन कार्यालय प्रमुख पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ माघ ८ बुधबार
ghussahit-pakrau.jpg

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालय प्रमुखलाई घूससहित पक्राउ गरेको छ ।

प्रमुख पुष्पराज श्रेष्ठले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग ५ हजार रुपैयाँ घूस लिएको अवस्थामा बुधबार पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि अनुसन्धान भइरहेको भुसालले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ