arrow

धादिङमा अवैध ढुङ्गाखानीको बिरोधमा स्थानीय

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
Dhadhing-birodh.jpg

धादिङ। धादिङको थाँक्रे गाउँपालिका ४,५,६,७,८ का नागिरकहरूले अवैध ढुङ्गाखानी र गलत वातावरणीय प्रभाव मूल्याङ्कन गरि सञ्चालन गरिएका ढुंगा खानीका विरोधमा प्रदर्शन तथा विरोध सभा गरेका छन्।

त्यस्ता ढुंगा खानीका कारण विविध समस्याहरू निम्तिएका कारण जनता विरोध गर्न अघि सरेका हुन। जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, नेपाली काँग्रेसका महासमिति सदस्य तथा गत प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उमेदवार विश्वप्रसाद अर्यालले उक्त कार्यक्रममा आफ्ना विचार राख्दै जनताको मागमा ऐक्यबद्धता जनाएका थिए।

उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. १ धादिङका सभापति कृष्ण रिजाल, नेका थाँक्रे गाउँपालिका अध्यक्ष साधुराम थापा लगायत नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन गर्नुभएका नेका क्षेत्र नं. १ का सचिव विष्णु अर्यालले आगामी दिनमा यस्ता गलत कामका विरूद्ध तथा जनसरोकारको विषयमा नेपाली काँग्रेसले साथ दिने र थप कार्यक्रम ल्याउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ