arrow

एकै परिवारका सात छोराछोरी सुरक्षा फौजमा 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
KIC_Singh_Gaunpalika.png

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ ।

उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत  रहेका छन् । 

गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको  प्रेमराज जैशीले बताए । 

उनले भने, “मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ