arrow

मिश्रको निधनमा धनकुटा कांग्रेसद्धारा श्रद्धाञ्जली कार्यक्रम

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
ncdkt990.jpg

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेसका वडा ३ का वडा कार्य समितिका सदस्य देवेन्द्र मिश्र, निर्वाचित वडा सदस्य बाबुराम मिश्र, समाजसेवीहरु शालिग्राम मिश्रका पिता नेपाली कांग्रेस तर्फबाट वडा सदस्यका उम्मेदवार निर्मला मिश्र, समाजसेवीहरु दुर्गा मिश्र र रबिता मिश्रका ससुरा समाजसेवी नन्दलाल मिश्रको हालै निधन भएकोमा श्रद्धाञ्जली कार्यक्रम गर्दै समवेदना पत्र बुझाएको छ ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, वडा नं. ३ का सभापति पदम भण्डारी, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल महिला संघ वडा नं. ३ का उपाध्यक्ष कमला ठकुरी, नेपाली कांग्रेस वडा नं. ३ का वडा कार्यसमितिका सदस्यहरु लेखनाथ रिजाल, युवराज सुवेदी मोहन राय, सविना कार्की लगायतले समाजसेवी नन्दलाल मिश्र प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

 धनकुटा नगरपालिका वडा नं. ३ का समाजसेवी नन्दलाल मिश्रको गत माघ ७ गते ९२ बर्षको उमेरमा निधन भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ