arrow

भागेका अपराधी विक नियन्त्रणमा 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
prisoner-jail.jpg

दमौली । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।

अदालतले विकलाई विसं २०७५ जेठ १४ गते एक महिना २३ दिन कैद र रु सात हजार जरिवानाको फैसला गरेको थियो । त्यसयता विक फरार सूचीमा रहेका थिए । 

विक विसं २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागुऔषधसहित पक्राउ परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ