arrow

माघि महोत्सव शुरु

logo
मणि प्रसाद गैंह्रे,
प्रकाशित २०७६ माघ ११ शनिबार
magi-kapilbastu.jpg

कपिलस्तु। बुद्धभूमी नगरपालिकाको वडा नं १ बसन्तपुरमा  दोस्रो नगर स्तरीय माघी महोत्सव शुरु भएको छ। ‘थारु संस्कृतीके संरक्षण, सम्बर्धन वो प्रर्बद्धनके खातीर हम्मन अभियान, भुमी पुत्र थारु ह्मरे बचाइ अपन पहिचान’ भन्ने मूलनाराका साथ दुई दिने खिचडी महोत्सव शुरु भएको हो।

महोत्सवको उद्घाटनमा थारु जातीको कला तथा संस्कृती झल्कने विभिन्न नृत्य, मयुर नाच, देवी देवता नाच, झुम्रा नाच तथा गीत प्रस्तुत गरिएको थियो। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावती चौधरीले   खिचडी महोत्सवले सकरात्मक संदेश दिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन।

साथै थारु सभ्यता तथा सस्कृतीमा विकृती आउन लागेको हुदा यसको सरक्षणमा स्थानीय समुदाय नै सक्रिय रुपमा लाग्नु पर्ने उनले बताइन्। त्यस्तै बुद्धभूमी नगर उप प्रमुख मिरा थारुले थारु सभ्यता र पहिचान र सरक्षणको लागी नगरपालिकाले प्रत्य वडा तथा नगरमा सास्कृतिक प्रर्वधनका कार्यक्रमहरुमा जोड दिएको बताइन्।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले थारु जातीको कला संस्कृती संरक्षणमा जोड दिएका थिए। समुदायका युवा पुस्ता आफ्नो संस्कृतीको संरक्षणमा जुट्टनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ। नगरकार्यपालिका सदस्य कमला चौधरीको संयोजन तथा अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याण सभाका केन्द्रिय सदस्य  शान्ती थारु , वडा अध्यक्ष तेज बहादुर वस्नेत, पवन कुमार थारु, गोविन्द आर्चाय, नेकपाका नेता पिताम्मवर खनाल, नेपाली काग्रेसका विष्णुराज टण्डन, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर थारु लगायतले माघी महोत्सवको शुभकामना दिएका थिए। 
राजेश थारुको संचालन र स्वागतमा भएको थियो। शनिवार सम्म चल्ले महोत्सवमा विभिन्न नाच तथा प्रतियोगिता रहने स्थानीय विद्यालयका शिक्षक मगल प्रसाद थारुले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ