arrow

मानवताको सेवा सबैभन्दा ठूलो : बिश्वप्रकास शर्मा

logo
युबराज रेग्मी,
प्रकाशित २०७६ माघ ११ शनिबार
gauradha-jci.jpg

झापा। झापाको गौरादहमा आयोजित दुई वटा छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकास शर्माले मानव जीवनमा कसरी सत्कर्म गरि जीवन र समाजलाइ अघि बढाउन सकिन्छ भन्ने बिषयमा धारणा राखेका छन्। 

गौरादह उद्योग बाणिज्य संघको सभाहलमा आयोजित गौरादह जेसिजको आठौं पदस्थापन तथा स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले गौरादह जेसिजका  युबाहरुलाइ समाजमा रहेका सम्पुर्ण युबाहरुको साथ र सहयोग लिदै सकारात्मक समाज निर्माणगर्ने जिम्मेवारी जेसिज युबाहरुको जिम्मेवारी रहेको बताए। 

कार्यक्रममा आफ्नो बिचार राख्ने क्रममा उनले मानिसले समाजका निमित्त गर्नुपर्ने योगदान नागरिकमा महत्वपुर्ण जिम्मेवारी अन्तरगत पर्ने हुनाले मानवताको सेवा गर्नु  राष्ट्रको सम्प्रभुता भन्दा महत्वपूर्ण बिषय रहेको बताए। 

समाजमा हाल  प्रत्येक ब्यक्तीहरु अरुको देखासिखी गरि हिड्दा समाजमा नकारात्मक कुराहरू बढ्दै गएको हुनाले प्रत्येक ब्यक्तिले आफुलाइ आफुसँगै प्रतिस्पर्धा गर्दै सफलतातर्फ लम्किन आग्रह गरे। त्यस्तै गौरादहकै अर्को पुस्तक बिमोचन कार्यक्रममा उनले मानिसले आफ्नो अहंकारलाई त्याग्न सके हुने फाइदाको चर्चा गरे।

राजनितिक बिचार भन्दा दार्सनिक बिचार लिएर आएका बिश्वप्रकासले गौरादहको दुई छुट्टाछुट्टै कार्यक्रममा  गौरादहमा  सकारात्मक समाज निर्माण गर्नतर्फ लाग्न अभिप्रेरित गर्ने बिषयमा समय खर्चिएका थिए।

अर्को फरक प्रसङ्गमा उनले आम नेपालीले द्वन्दकालको कहालीलाग्दो मोडबाट  गुज्रिएर आउदै गर्दा समाजका हरेक नागरिकमा राजनितिक बितृस्णा पैदा हुनु स्वभाबिक बिसय रहेको बताए। शर्माले हरेक नागरिकले समाजमा भएका नकारात्मक कुराहरुको आलोचना गर्दै सकारात्मक कुराहरुको सम्मान गर्दै समुन्नत राष्ट्र निर्माण गर्न साथ र सहयोग गर्ने जिम्मेवारी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ