- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालीका २ स्थित अमरैयामा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गएको छ ।
प्रारम्भिक जानकारी अनुसार चिनी मिलबाट उखु खाली गरेर फर्कंदै गरेको ट्रली जोडेको ट्याक्टरले पुर्नवास नगरपालीका २ अमरैयामा किचेर एक जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल्बहादुर सिंहले बताए ।
मृत्यु हुनेमा पुनर्वास २ मोती बस्ती निवासी कुल सार्की रहेको मृतकका दाइ लाल बहादुर एसकेले बताए ।
अहिले ईलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीबाट प्रहरी टोलि घटनास्थलमा पुगिसकेको जनाएको छ ।
ड्राइभर भने फरार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे बिस्तृत जानकारी भने आउन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए ।