arrow

राजश्वका कर्मचारी घुससहित पक्राउ

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
rupees.jpg.jpeg

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 

आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो । 

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए ।  

अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ