arrow

उपत्यकामा पाकेटमारको बिगबिगी, निशानामा सार्वजनिक यातायात  

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
Handcuffs.jpg.png

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । 

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् । 

मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए । 

प्रहरीले पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

दैनिक थुप्रै यात्रु पाकेटमारको निशानामा पर्दै आएका छन् । यिनीहरु छुट्टै भाषा प्रयोग गरी यात्रुलाई सुइँकोसमेत नदिई लुटपाट गर्ने गरेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ