arrow

भोजबाट फर्किएका इसाकलाई चितुवाले आमाको हातबाट लग्यो खोसेर

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
isak.jpg

तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा चितुवाले आक्रमण गर्यो र ज्यान लियो ।

आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई चितुवाले आक्रमण गरेको उनकी आमाले बताईन् । चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताएकी छन् ।

पछिल्लो समय फेरी तनहुँका केही ठाउँहरुमा नरभक्षी चितुवाको त्रास फैलदै छ । चितुवाको आक्रमणबाट मात्र अहिलेसम्म तनहुँ जिल्लामा मात्र नौ जनाले ज्यान गुमाएका छन् ।

आबुखैरेनी गाउँपालिका १ राना गाउँमा भएको घटना सेलाउन नपाउँदै फेरी ११ बर्षका इसाक सुनारले चिनुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

मंगलबार करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ