arrow

रेनु दाहालले अध्यक्षता गर्दै आएको अस्पतालमा लामिछाने अध्यक्ष

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
bp-hospital.jpeg

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अध्यक्षता गर्दै आएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अध्यक्ष पाएको छ । क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको हो ।

क्यान्सर अस्पतालको अध्यक्षमा मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो ।

लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत छन्। उनी अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ अनुसार अध्यक्षका लागि डा लमिछानेको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।   विकास समिति अन्तरगर्त सञ्चालित उक्त अस्पतालमा अध्यक्षको कार्यकाल ४ बर्षको हुनेछ ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख  दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन्  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ