arrow

प्रेस युनियन कञ्चनपुर उपाध्यक्ष किशोर सम्मानित 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ माघ १६ बिहिबार

पुनर्वास । नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष किशोर कुमार तामाङ जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा सम्मानित भएका छन । 

जिल्लाको दक्षिणी सिमान्त पुनर्वासका औद्योगिक र आर्थिक सवालहरु  पत्रकारिताका माध्यमबाट राष्ट्रिय स्तरमा उजागर गरेको भन्दै पुनर्वास उद्योग बाणिज्य संघले  बुधबार आयोजित आफ्नो तेस्रो साधारणसभामा पत्रकार तामाङलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरेको हो । 

कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुँदै आएको फारवेष्ट टाइम्स दैनिकबाट २०६० साल देखि पत्रकारिता क्षेत्रमा होमिएका तामाङ नागरिक आवाजका कार्यकारी सम्पादक र माउन्टेन टेलिभिजन कञ्चनपुरका जिल्ला सम्वाददाता हुँदै नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष समेत रहेका छन् ।

पत्रकारिता क्षेत्रबाट पुनर्वासका आर्थिक र औद्योगिक सवालहरु उजागर गर्न निरन्तर कृयाशिल रहेको भन्दै उद्योग बाणिज्य संघ पुनर्वासले पत्रकार तामाङलाई सम्मान गरेको हो । 

बुधबार आयोजित पुनर्वास उद्योग बाणिज्य संघको तेस्रो साधारणसभामा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले पत्रकार तामाङलाई सम्मान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ