arrow

स्थानीय कला संस्कृतिको संरक्षणमा महोत्सवको भूमिका महत्वपूर्ण छ – सापकोटा

logo
कौरव खत्री, 
प्रकाशित २०७६ माघ १७ शुक्रबार
qqqqqq.jpg

गुल्मी । प्रथम गुल्मी मुसिकोट महोत्सव अन्तर्गत विहिवार दोस्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन् । बिहीबार दोश्रो दिनको महोत्सवलाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मेला र महोत्सवहरु नगरपालिकाको मुटु भएको भन्दै कृषिको बजारीकरण गर्दै नगरपालिका भित्र पर्यटन आवागमनमा वृद्धि गर्नका लागि सबै तत्पर रहन आग्रह गरे ।

साथै नगरप्रमुख सापकोटाले स्थानीय संस्कृति संरक्षणमा महोत्सवले ठुलो भूमिका राख्ने अपेक्षा गर्दै सबैको साथ र सहयागबाट मात्रै समृद्ध मुसिकोट बन्न सक्ने बताए ।

गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित बुधवारबाट सुरु भएको कार्यक्रमको विहिवार दोस्रो दिनको कार्यक्रममा शैक्षिक प्रदर्शनी, सहिद दिवसको अवसरमा सहिदहरुको सम्झनामा मौन धारण, विभिन्न स्थानीय झाँकी लगायत  राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहेको थियो ।

आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो  ।

कार्यक्रममा मुसिकोट उद्योग  वाणिज्य सघंका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायक बालकृष्ण बराल, अजय जेम्स लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाणिज्य सघंका सचिव महेश्वर घिमिरे र सञ्चारकर्मी भुवन भुषालले गरेका थिए । महोत्सवको तेस्रो दिन अर्थात शुक्रबार शैक्षिक सामाग्री प्रदर्शनी मूल्याङ्कन पुरस्कार वितरण, राष्ट्रिय कलाकारहरु विमलराज क्षेत्री, विष्णु श्रीपाली, श्री लाहुरे लगायतको सागींतिक प्रस्तुती रहने महोत्सव प्रचार प्रसार एवं सागींतिक विभाग प्रमुख ज्ञानहरी सापकोटाले जानकारी दिए ।

महोत्सव माघ २६ गतेसम्म चल्ने छ  भने महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोवार हुन र ९५ लाख रुपैयाँ आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । २५ निःशुल्क र एक सय २५ वटा व्यावसायिक गरेर १ सय ५० स्टल राखिएको छ ।

वाणिज्य संघले आफ्नो स्थापनासँगै व्यवसायिक हकहितको संरक्षण, सवंद्र्धन र व्यवसाय प्रर्वद्धन एवम् मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरेको छ ।

त्यस्तै विशेषगरी मुसिकोट नगरपालिकाको पहिचान कफी, नेवार समुदायको पहिचान झिनिया रोटी, विभिन्न जातीय भेषभुषा, कला र संस्कृतिको संरक्षण गर्न, पुराना र महत्वपूर्ण वस्तुहरुको संरक्षण गर्नको लागि पनि महोत्सवको आयोजना गरिएको अध्यक्ष शाक्यले बताए । यता महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ