arrow

खाजा खुवाउदैँ विद्यार्थी पढाउदैं

logo
प्रकाशित २०७६ माघ १८ शनिबार
day-khaja-student.jpg

पाल्पा। यहाँका कुमाल समुदायका बालबालिका दिवा खाजा कार्यक्रमसँगै विद्यालय आउनेक्रम बढ्दो छ। रिब्दीकोट गाउँपालिकाले जोगिथुमको कालिका आधारभूत विद्यालयमा सञ्चालित दिवा खाजा कार्यालयले बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउन सफल भएको छ।

अध्ययनका लागि विद्यालय नै उपस्थिति नहुने र दिउँसो नै विद्यालय छाडेर घर फर्किने समस्या पछि गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो। विद्यार्थी दिवा खाजापछि नियमित पठनपाठनमा सहभागी हुन्छन् र साँझसम्म बस्छन्। यसले कक्षा छाड्ने समस्या हटेको छ।

विपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रममा जान थालेपछि दिवा खाजा चलाएर विद्यालयप्रति आकर्षित गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए। कार्यक्रम सञ्चालनपछि अहिले नियमित विद्यार्थीले अध्ययन गर्न थालेको जिसीको भनाइ थियो।

गाउँपालिका अध्यक्ष जिसीका अनुसार एक वर्ष झण्डै ६० प्रतिशत बालबालिका विद्यालय समयमा कक्षा बाहिर अभिभावकसँग हुनेमा अहिले सबै बालबालिका विद्यालयमा अध्ययन गरिरहेको हुन्छन्। गाउँपालिकाले २०७५ जेठदेखि बालदेखि कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन रु २० बराबरको सहयोग गर्छ।

गाउँपालिकाले कुमाल समुदायमा शिक्षाको महत्वलगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ। अभिभावकले बालबालिकालाई श्रममा भन्दा विद्यालय अध्ययनलाई पठाउन रुचि देखाएका छन्।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेशबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि छ दिन नै विद्यार्थी विद्यालयमा उपस्थित हुँदा पठनपाठन प्रभावकारी हुँदै गएको बताए। कक्षामा प्रशस्त विद्यार्थी हुँदा शिक्षकलाई पढाउन उत्साह हुने कुमालले बताए। खाजा कार्यक्रमले विद्यार्थीको सिकाइमा सुधार आएको छ।

कुमाल समुदायको खेतीयोग्य जमिन प्रशस्त नहुँदा अधिकांश अविभावक मजदूरी गरेरै दैनिकी बिताउन बाध्य छन्। मजदूरी गरी कमाइ भएको पैसाले साँझ बिहान चुलोमा आगो बाल्न समस्या हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ