arrow

मदिरा सेवनले आत्महत्याका घटनामा वृद्धि, बन्यो साझा कानून 

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
kailali-district.png

धनगढी । कैलाली जिल्लाका स्थानीय तहले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउन र लागु पदार्थको दुव्र्यसन न्यूनीकरण गर्नका लागि साझा कानून बनाउने समझदारी गरेका छन् ।

शनिबार यहाँ बसेको जिल्लाका १३ वटै स्थानीय तहका पदाधिकारीको बैठकले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउनका लागि साझा कानून ल्याउने निर्णय गरेको हो । यसका लागि जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ ।
 
समितिको सदस्यमा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र टीकापुर नगरपालिकाका कानूनी सल्लाहकार राख्ने सहमति गरिएको छ । समितिले एक महिनाभित्र मस्यौदा तयार पारेर स्थानीय तहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको बैठकमा सहभागी जिल्ला समन्वय समितिका संयोजक थापाले जानकारी दिए । 
 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा मदिरा सेवनका कारण आत्महत्याका घटना बढ्दै गएकाले साझा कानून बनाउनुपर्ने आवश्यकता महसुस भएको बताए । “मदिरा सेवनका कारण घरेलु हिंसाका घटना बढेका छन्”, प्रमुख वडले भने, “जसका कारण आत्महत्याका घटना भइरहेका छन् ।”

बनाइने कानूनमा मदिरा बिक्री वितरण गर्ने समय, क्षेत्रलगायत मदिरा सेवन गर्नेका लागि समेत ‘कार्ड’को व्यवस्था गर्ने प्रावधान गर्न लागिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ