arrow

जनप्रतिनिधि कार्य क्षेत्रभित्र असुरक्षित, शान्तिसुरक्षाको अवस्था भयावह : बद्री पाण्डे

logo
रासस,
प्रकाशित २०७६ माघ २२ बुधबार
badri-pandey-congress-mp.jpg

काठमाडौ‌। काँग्रेसका सांसद बद्री पाण्डेले सोमबार अछामका एक वडाध्यक्षको हत्या भएको भन्दै सो घटनाको उचित छानबिन गर्न माग गरे। जनप्रतिनिधि कार्य क्षेत्रभित्र असुरक्षित हुने अवस्थाले शान्तिसुरक्षाको अवस्था कति भयावह रहेको छ भन्ने देखाएको भन्दै उनले सरकारसँग जनताले अनुभूत गर्ने गरी शान्तिसुरक्षा र अमनचयनको व्यवस्था गर्न माग गरे। 
 
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा मङ्गलबार बिहान शव फेला परेको थियो। वडाध्यक्ष धामीको घरदेखि २०० मिटर परको भैँसीगोठमा उनको शव फेला परेको सांसद पाण्डेले जानकारी गराए। ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न सकेको छैन।

वर्तमान सरकार गठन भएपछि जनताले राजनीतिक स्थिरता, शान्तिसुरक्षा र अमनचयन कायम हुने अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै उनले अपराधीलाई कानूनको दायरामा ल्याउन राज्यसंयन्त्र चुकेको आरोप लगाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ