- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्ग प्रकरणमा मिलेमतो देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन् ।
आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा सामाजिक संजालमा डा कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो देखिएको आरोप लगाएका हुन् ।
केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ति दिइएको र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा नचलाइएको भन्दै यो मिलेमतो नै भएको डा कोइरालाले स्पष्ट पारे ।
उनले यो प्रवृत्तिले अख्तियारको विश्वसनीयता र संवैधानिक स्वायत्ततामाथि प्रश्न उठेको पनि बताएका छन् । डा कोइरालाले यस्तो हुनु दुर्भाग्य भएको पनि उल्लेख गरेका छन् ।
यस्तो छ सामाजिक संजालमा आएको उनको प्रतिक्रिया
‘वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो । केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन । यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ । लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो ।’