arrow

गाउँपालिकामा सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
bida.jpg

कालिकोट । नेपालमा सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिइने भएको छ । कालिकोट जिल्लाको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकले १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिनलाई ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय   गरेको छ।

शनिबार बसेको बैठकले दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको छ।

जनयुद्ध दिवसबाटै पलातामा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक तथा अन्य पर्यटनको आगमनमा वृद्धि गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ