arrow

सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भाइरल ज्वरोले सय भन्दा बढी बिरामी 

तत्काल परीक्षण र सहयोगका लागि केन्द्र र प्रदेश सरकारलाई आग्रह

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
jugal-gaupalika-rugha-khoki.jpg

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सय भन्दा बढीलाई चीनबाट फैलिएको कोरोना भाइरस लागको आशंका गरिएको छ । 

जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बा वस्तीमा गत माघ २७ गतेदेखि कोरोना भाइरसको लक्षणसंग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो जस्ता लक्षणका बिरामीहरु देखा परेको भन्दै गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । 

पत्रमा रोगको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिन पनि आग्रह गरिएको छ । 

उक्त पत्र सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश हेटौंडा, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय चौतारा सिन्धुपाल्चोकलाई वोधार्थ समेत पठाइएको छ । 

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार बिहानसम्म एक दर्जनको संख्यामा रहेको बिरामी साँझसम्म सय नाघेको थियो । यो संख्या बढिरहेको छ । 

श्रेष्ठले फेसबुक पेजमा मंगलबार राति यस्तो लेखेका छन् – ‘बिहान सम्म १ दर्जनको संख्यामा रहेको बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाईरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो । मानवीय क्षती पश्चात मात्र संबेदनसिल भएर हुदैन । त्यहि भएर हामीले बेलैमा तत्परता देखाएका हौ । यो हतारो हैन । हामीसंग उपलब्ध जनसक्ति र साधनस्रोतले भ्याए सम्मको रेस्पोन्स गरिरहेका छौ । थप मदतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेस सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका छौ । अहिले पनि म लगाएत साथिहरु थप औषधी र मास्क लगाएतका सामाग्री संकलन गरिरहेका छौं । भोलि बिहान मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौं । अहिले सॉझ तिर केही बिरामीहरुमा सुधार देखिन थालेकोले थप चिकित्सकीय सहयोग भएमा स्थिति नियन्त्रणमा आउन सक्ने विस्वास फिल्डमा खटिएका स्वास्थ्यकर्मी साथिहरुको छ ।
सक्दो प्रयास भईरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु । म फेरि दोहोऱ्याछु हामीले कोरोना भाईरस भनेका छैनौं यो संग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं । जुगल गाउपालिकाको बिज्ञप्ती हैन यो । मानवीय संबेदना मात्र हैन बिपदको यस्तो घडीमा सके सहयोग गरौं ज्ञान र उपदेश त फुर्सदमा बॉढे पनि हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ