arrow

भारत जाँदा नगरपालिका बिदा दिने मेयर-उपमेयर के गर्दैछन् ?

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
nuwakot-india-visit.jpg

काठमाडौं। नुवाकोटका दुई नगरपालिकाका मेरय र उपमेयर तथा आठ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सहितको टोली भारत भ्रमणमा रहेको छ।

भारत भरमणमा जाँदा नगरपालिकामा सार्वजनिक बिदा दिएको भनेर विवादमा आएका बेलकोटगढीका मेयर र उपमेयर पनि उक्त टोलीमा सम्मिलित छन्। उनीहरु के गरिरहेका छन् भन्ने जनचासो रहेको छ।

भूकम्पपश्चात पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिका लागि युएनओपीएसले भारतमा २७ माघदेखि २ फागुनसम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।

दुई नगरपालिकाका मेयर तथा उपमेयर र आठ गाउँपालिकाका अध्यक्ष, पाध्यक्ष र नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख र नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानको अवलोकन गर्ने छन् । उनीहरुको भ्रमण दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक हुने बताइएको छ । सो भ्रमणका क्रममा उनीहरुले कोर नामक नामक संस्थाको समेत भ्रमण गर्नेछन् ।

इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्पपश्चातको संरक्षण तथा पुनःस्थापनाकार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको समेत भ्रमण भएका छन् ।

नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अगाडि सारेको स्वनिर्माणको अवधारणलाई मूर्तरुप दिन युएनओपीएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घर धनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ