arrow

नुवाकोटका स्थानीय सरकारका प्रतिनिधिहरु भारत भ्रमणमा 

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
84306030_1345373745663330_3.jpg

काठमाडौं । नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरु भारत भ्रमणमा रहेका छन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप युएनओपीएस (युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेज्) ले माघ २७ देखि फागुन २ गतेसम्म भारतमा परिचयात्मक भ्रमणको आयोजना गरेको हो । 

दुई नगरपालिकाका मेयर, उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष, पाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका
छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेकासेक टेबल टेस्टिङ फेसिलिटी, स्टक्चरल इन्जिनियरिङ ल्याब, फायर ल्याब, टेक्नोलोजी डेमोस्ट्रेशन ल्याब र रुरल पार्कको अवलोकन गर्नेछन् । 

दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्योर नामक संस्थाको भ्रमण गर्नेछन् ।

इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज इन्टाचमा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै इन्टाच हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।

भारत सरकारले नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युएनओपीएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको
क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्ने भारतीय दूतावासले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ