arrow

दुईलाख घुससहित वन कार्यालयका निमित्त प्रमुख देवकोटा पक्राउ

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७६ फागुन २ शुक्रबार
krishna-bahadur-devkota.jpg

नवलपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख घुस रकम सहित पक्राउ परेका छन् । 

निमित्त कार्यालय प्रमुख देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने उजुरी एवम सूचना पाएपछि अख्तियारले टोली खटाएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई दुई लाख घुस लिइसकेको अबस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको थियो । 

अहिले थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ