arrow

युरोप र मध्यपूर्वमा कोरोना अनियन्त्रित बन्दै, ४० देशमा फैलियो  

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
corona-patient.jpg

काठमाडौं । चीनबाट फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) अहिले युरोप र मध्यपूर्वमा फैलिएको छ । यसको संक्रमण अनियन्त्रित भइरहेको बीबीसीले लेखेको छ । 

संक्रमण मध्यपूर्व, युरोपसहित विश्वका अन्य भागमा फैलिने क्रम जारी रहेको भन्दै यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ । 

ती देशहरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ भने चीनमा नयाँ बिरामीको संख्या कम हुँदै गएको समाचारमा जनाइएको छ ।

इटालीमा मात्रै कोरोनाबाट ज्यान जानेको संख्य १२ पुगेको छ । चार सय भन्दा बढीलाई संक्रमण भएको छ । 

युरोपमा संक्रमितको संख्या २४ घण्टामा २५ प्रतिशतले बढेको छ । 

विश्वव्यापी रुपमा ८८ हजार भन्दा बढी प्रभावित भएका छन् ।

नेपालमा पनि एक जना संक्रमित भएका छन् । चीनबाट ल्याइएकाहरु क्वारेन्टाइनमा छन् । उनीहरुलाई कोरोना देखिएको छैन । 

विश्वभर ४० देश कोरोनाबाट संक्रमित भएको छ । 

अहिलेसम्म २,७२५ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले महामारीका रुपमा स्वीकार्न तयार रहन चेतावनी दिइसकेको छ । 

संक्रमण बढ्न थालेपछि मध्यपूर्व लगायतका देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालेका छन् भने सीमा नाकामा चेकजाँचमा कडाइ गरेका छन् ।

ती देशहरुले शिक्षण संस्था र सिनेमा घरहरु बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न प्रतिवन्ध लगाएका छन् । 



लोकप्रिय समाचार
नयाँ