arrow

रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए

logo
एएफपी,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
us-army-afghanistan.jpg

बग्दाद। इराकमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन्। बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा सो आक्रमण भएको थियो। यस शिवीरमा  अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत र्पुयाइरहेका छन्।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ। एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए।

यो आक्रमणले खतरनाक रुपमा खतरा निम्त्याएको बताइएको छ। यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युद्ध निरिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ।

इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ