स्वास्थ्य र यात्रा विवरण लुकाउनेलाई साउदीमा १ लाख ३३ हजार अमेरिकी डलर जरिवाना
छुट्टीमा गएकाहरुलाई फिर्ता आउन ७२ घण्टाको समय
अरशद शेष राई,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
806
Shares
साउदी अरेबिया। साउदी अरेबियाले कुल ४५ जनामा कोरोना भाईरस लागेको मध्ये २४ जना नयाँ कोरोनाको बिरामी भेटिएको घोषणा गरेको छ। साउदी सरकारले यूरोपीय संघ तथा १२ अन्य देशसँग कोरोना भाईरसको कारणले उडान तथा यात्रा प्रतिबन्ध बढाएको छ। एक जानकारीका अनुसार कोरोना प्रभावित देशहरुमा रहेका नागरिकलाई आफ्नो देशमा फर्किनका लागि साउदी सरकारले ७२ घन्टाको समय दिएको छ।
जानकारी अनुसार यात्रा माथि प्रतिबन्ध लगाइएको फिलिपिन्स र भारतबाट साउदीमा स्वास्थ्य कार्यकर्ता आउनलाई समय दिइएको छ। साउदी अरबियाले आवश्यक सावधानीलाई मध्यनजर गर्दै निकासी, सपिङ्ग तथा व्यापार यात्रालाई मात्र अनुमति दिएको छ। साउदीले जोर्डनसंग सबै किमिमबाट हुने आवतजावतलाई पनि निलम्बित गरेको छ। यद्यपी वाणिज्यिक तथा कार्गो यातायात अहिले पनि चालु नै छ।
साउदीले प्रवेश बिन्दुमा आफ्नो स्वास्थ्य र यात्रा विवरणको जानकारी नदिने व्यक्तिलाई ५ लाख रियाल अर्थात १ लाख ३३ हजार अमेरिकी डलर जरिबाना लगाउने घोषणा समेत गरेको छ।