arrow

युएनडिपीका अनुसार महिला बिरुद्ध हुने विभेदमा पाकिस्तान अग्रस्थानमा

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
UNDP.jpg

एजेन्सी। संयुक्त राष्ट्रसंघ विकास परियोजना (युएनडिपी)ले निकालेको एक रिपोर्टका अनुसार पाकिस्तान विश्वमा महिलाप्रति भेदभाव हुने देशमा पहिलो स्थानमा रहेको छ। पाकिस्तान पछि कतार र नाईजेरिया रहेका छन्।

युएनडिपीले गरेको एक सर्वेक्षणमा महिलाप्रति विभेद पाकिस्तानमा ९९.८१%ले सामान्य मानेका छन् भने नाईजेरिया र कतारमा ९९.७३%ले सामान्य मानेका छन्।

सामाजिक विश्वासले लैंगिक समानतामा कसरि असर गरेको छ भन्ने सन्दर्भमा सर्वेक्षण भएको थियो। विश्वका ७५ देशमा उक्त सर्वेक्षण गरिएको थियो।

विश्व महिला दिवसका दिन पाकिस्तानमा महिला अधिकारका लागि भएको प्रदर्शनमा लैंगिक विभेदको अन्त्य, दैनिक कामको ज्यालामा पुरुष बराबरको अधिकार एवं यौन दुर्व्यवहारको अन्त्य लगायतका मागहरु राखिएका थिए।

महिला मार्च नाम दिईएको उक्त प्रदर्शनमा आर्थिक एवं वातावरणीय न्याय, प्रजननको अधिकार, महिलाका लागि सुरक्षित सार्वजनिक स्थलको माग गर्नुका साथै पाकिस्तानमा रहेका अल्पसंख्यकहरुको अधिकारको माग उठाईएको थियो।

सन् २०२०को विश्व आर्थिक फोरमको रिपोर्ट अनुसार पाकिस्तान लैंगिक भिन्नतामा १५३ देश मध्य १५१औं स्थानमा रहेको छ।

युएनडिपीको रिपोर्ट अनुसार एण्डोरा महिला विभेदमा सबैभन्दा राम्रो देखिएको छ। एण्डोरामा २७.०१ प्रतिशतले मात्र महिलाप्रति विभेदलाई सामान्य मनेका छन्। त्यसैगरि स्वेडेनमा ३०.०१% र नेदरल्याण्डमा ३९.७४% सामान्य मानेका छन्।

त्यसैगरि फ्रान्स, बेलायत र अमेरिकामा क्रमश ५६%, ५४.७ र ५७.३१% रहेको तथ्यङ्कले देखाएको छ। उक्त सोधमा महिलाप्रति विश्व खासै सकारात्मक रहेको देखाउँदैन । विश्वका करिब ९०% पुरुषहरु कम्तिमा कुनै एक विषयमा विभेदकारी देखिएका छन्।

विश्वमा देखिएका कम्तिमा कुनै एक विभेदमा केही उदाहरणहरु यस्ता छन् – पुरुष महिला भन्दा राम्रा राजनीतिज्ञ वा व्यवसायी हुन्, विश्वविद्यालय जानु पुरुषका लागि महिला भन्दा महत्वपुर्ण हो, रोजगार बजारमा पुरुषले महिलाको तुलनामा ग्राह्यता पाउनु पर्छ आदि ।

महिला विरुद्ध हुने विभेदमा शिक्षा, रोजगार र स्वास्थ्य रहेको पाईए पनि एउटा डरलाग्दो तथ्याङ्क बाहिर आएको छ। २८%ले आफ्ना श्रीमति पिट्नु साधारण रहेको बताएका छन् जुन चिन्ताको बिषयका रुपमा अगाडि आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ