arrow

इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’ : बेलायत

logo
एएफपी,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
air-strike-us.jpg

लन्डन। बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिएका छन्। इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा दुई अमेरिकी र एक बेलायती सैनिक मारिएकापछि पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको थियो।

यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युद्ध निरिक्षण गरिरहेका एक मानवअधिकारबादी समूहले जनाएको थियो। अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताएको थियो। एक अमेरिकी अधिकारीले एएफपीलाई यस परी दुई अमेरिकी र एक बेलायती नागरिक मारिएका जानकारी दिएको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गरेका थिए। इराकमा बेलायतीसहितको गठबन्धनका सेनाले देशलाई आतङ्ककारी गतिविधिको विरूद्ध लड्न मद्दत पुर्‍याइरहेका र उनीहरूलाई हानि पर्‍याउन चाहन्छ भने ,उसले कडा प्रतिक्रिया भोग्नु पर्ने राबले एक विज्ञप्तिमार्फत बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ