arrow

श्रीलङ्काद्वारा तीन देशका यात्र प्रतिबन्ध

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
srilanka-flag.jpg

कोलम्बो। श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ। प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो। कोरोना भाइरसको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ। प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलङ्कामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ।

हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलङ्काले आग्रह गरेको छ।यो प्रतिबन्ध शुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन्। श्रीलङ्कामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ।

यसैबीच इरानमा कोरोना भाइरसका कारण थप ८५ जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ। 

उनीहरुले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलो पटक भएको जनाएका छन्। इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ