arrow

कोरोना भइसरको रोकथामको लागि साउदीका तिर्थस्थलहरुमा प्रार्थना, मस्जिदहरु सुनसान

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत १ शनिबार
saudi-masjid.jpg

साउदी अरेबिया। बिश्वभरी कोरोना भइसरले महामारीको रुप लिएपछि साउदी अरेबियामा रहेको मुस्लिम धर्मावलम्विहरुको दुई तिर्थस्थलहरुमा कोरोना भइसरको रोकथामको लागी प्रार्थना गरिएको छ। साउदी अरेबियाको शहर मक्कामा रहेको मस्जिदे हराम अर्थात खांने कांबा र मदिना शहरमा रहेको मस्जिदे नब्वीमा शुक्रबार दिन जुमाको नमाजमा कोरोना भइसरको रोकथाम र संसारभरी यो भइसरबाट संक्रमित भएका मानिसहरुको सु-स्वास्थ्यको कामनाको लागि (दुआ) प्रार्थना गरिएको हो।

मानिसहरुले २४ औ घण्टा भरीभराव हुने ठाँउ अहिले सरकारले सुरक्षाको कारणले  पुर्णरुपमा बन्द गराएको छ। मुस्लिम धर्मावलम्बिहरुको दुई ठुलो तिर्थ स्थल मक्का र मदिना शहरमा रहेको मस्जिदे हराम र मस्जिदे नब्वीलाई पनि सरकारले कोरोना भइसरको सुरक्षाको मध्यनजर गर्दै बन्द गरेको हो। शुक्रबार साउदी अरेबियाको शहर मदिनामा रहेको मस्जिदे नव्वी हरम शरीफमा अरु दिन शुक्रबार नमाजको लागि लाखौं- लाख मानिस हुने ठाउँ पनि सुनसान देखियो।

कोरोना भइसर फैलिन नदिनका लागि साउदी सरकारले मुस्लिम धर्मावलम्बीहरुको अन्तिम प्रवक्ता हजरत मोहम्मद मुस्ताफा सल्ललाहुअलैहे वसल्लमको रौजा अर्थात कबर मुबारक रहेको स्थानलाई पनि पुर्णरुपमा बन्द गरेको छ।

सधैं जसो कबर मुबारक रहेको ठाउँ जियारत अर्थात दर्शन दुआ गर्नलाई खुल्ला गरेको हुन्थियो तर अहिले कोरोनाको सर्तता अपनाउदै मस्जिदलाई पुरै बन्द गरिएको छ। शुक्रबार जुमाको नमाजको लागि पनि मस्जिदे नब्वीको सबै ठाँउ बन्द नै रहयो। कोरोना भइसरका कारण मदिनामा रहेको अरु तिर्थस्थलहरु पनि सुनसान नै देखियो।

सधै जसो भिड्भाड हुने ठाउँ जस्तै मस्जिदे मिकात, मस्जिदे कुवा, मस्जिदे किबला तैन र मस्जिदे शबा यी सबै ठाउँ सुनसान देखियो। जब कि यी सबै ठाउँ भरिभराव हुन्थ्यो। मानिसहरु टाढा टाढाबाट यो ठाउँको जियारत दर्शन गर्न आउने गर्थे।

कोरोना भइसरले विश्व भरी नै महामारीको रुप लिएको कारणले सरकारले साउदी अरेबियामा रहेको मुस्लिमहरुको दुई ठूलो तिर्थस्थल मक्का मदिनामा विश्वभरीबाट उमराह गर्न आउने तिर्थ यात्री माथि पहिले नै प्रतिबन्ध लगाई सकेको छ। हालसम्म साउदी अरबियामा ४५ जनामा कोरोना संक्रमित फेला परेको साउदी स्वास्थ मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ