arrow

साउदीका नागरिकले हलमा फिल्म हेर्न पाउने, महिलाको अधिकार र सुरक्षा दुबैमा बृद्धी

logo
अरशद शेष राई,
प्रकाशित २०७६ चैत १ शनिबार
saudi-pirnce.jpg

साउदी अरेबिया।साउदी अरबियामा क्राउन प्रिन्सले आएपछि बिगत केही समयदेखि साउदी अरबियाको नियमहरुमा धेरै फेरबदल भएको देखिएको छ। साउदी अरेबिया बर्षौदेखि आफ्नो कडा कानुन र नियमको कारणले नै विश्व भरी चिनिदै आएको थियो। तर आज भोलि आफ्नो कानुन र नियमको साथ साथै महिलाहरुलाई अगाडी बढाएको कारणले पनि साउदी चिनिन थालेको छ।

साउदी अरबियामा बिगत केही समयदेखि महिलाहरुले हरेक क्षेत्रमा अगाडी बढिरहेको कारणले पनि साउदी अरबियाको विश्वमा चर्चा हुन थालेको हो। जब देखि क्राउन प्रिंस बिन सलमानले साउदीको क्राउन प्रिंसको जिम्मेवारी लिए सोहि समयदेखि नियम र  रहन-शहनमा पनि ठूलो फेरबदल भएको देखिएको छ।

बिश्वमै सिनेमा घर नहुने देश मध्ये साउदी अरेबिया एक्लो देशको रुपमा चिनिएको थियो। तर क्राउन प्रिंस बिन सलमान क्राउन प्रिंस भएपछि साउदी अरेबियाको इतिहासमा पहिलो पटक जद्दा, रियाद, दम्मान इत्यादि शहरहरुमा सिनेमा घर सूचारू भइसकेका छन।

बर्षौ देखि साउदी अरबियामा महिलाहरुलाई ड्राइभिङ गर्ने, खेलकुदमा भाग लिन अथवा कुनै पनि संघ-संस्था, कम्पनीमा काम गर्न साउदी सरकारले अनुमति दिएको थिएन्। तर जब देखि क्राउन प्रिंस आए महिलाहरुलाई ड्राइभिङ गर्ने खेलकुदमा भाग लिन अथवा कुनै पनि संघ-संस्था, कम्पनीहरुमा काम गर्ने अनुमति पाएका छन्।

साउदी अरबियाले जति आफ्नो महिलाहरुलाई अगाडि बढाउनमा मदद्त गरेको छ त्यती नै साउदी अरबियाले आफ्नो महिलाहरुलाको सुरक्षा माथि पनि कडा कानुनी कदम चालेको छ। साउदी महिला कुनै संघ संस्था अर्थात कम्पनीमा काम गर्छिन भने त्यो कम्पनीको अधिकारी अथवा संगै काम गर्ने स्टापले महिलालाई डिनर अथवा चिया, काँफीको लागि कुरा गर्छ भने त्यसलाई महिला हिंसाको रुपमा कानुनमा व्यवस्था छ।

साउदी अरेबियामा १९८७ को केन्द्रिय कानुनको धारा तीन अर्न्तगत कुनै पनि महिलालाई अपमानजनक शब्द बोल्नु या ब्यवहारिक रुपमा उनीको सम्मानमा ठेस पुग्ने गरि कुनै कार्य गरेको खण्डमा सजायको भागीदार हुनेछ। साउदी अरबियामा नयाँ कानुनमा पनि यदि कसैले सोशल मीडिया मार्फत कुनै महिलाको अपमान बेज्जत हुने गरि कुनै मेसेज, पोस्ट आदि जस्ता कार्य गर्छ भने त्यो पनि कानुनी सजायको भागेदार हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ