arrow

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत १ शनिबार
afghanistan-map-1.jpg

काबुल। अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ। थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ। अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड–१९ सङ्क्रमणको  घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ।

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सात जना इरानबाट फर्किएका व्यक्तिहरु रहेका जनाइएको छ। यद्यपि तीन नयाँ कोरोना भाइरस सङ्क्रमितहरु बाहिरबाट आएको हो वा स्थानीय रुपमा सङ्क्रमित  भएका हुन तत्काल प्रष्ट नभएको जनाइएको छैन्।

काबुलमा राष्ट्रिय प्रयोगशालाहरूमा कूल ५२ संदिग्ध घटनाहरू अनुसन्धानरत रहेको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ