arrow

इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत १ शनिबार
iran-dead-corona.jpg

कायरो। इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो। यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ। तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन्। कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ।

मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ। इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ। 

इजरायलमा १४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ। 

कुवेतमा कूल १०० जना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ