arrow

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

logo
एएफपी,
प्रकाशित २०७६ चैत १ शनिबार
trumps.jpg

वासिङटन।अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा  गरेका छन्। विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा  गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  राज्य सङ्कटकालको घोषणा आएको हो। सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका छन्।

अमेरिकामा एक हजार ७०१ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठन कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ।गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ।इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ