arrow

पाकिस्तानकै ठूलो मिडिया ग्रुप जंगका प्रधान सम्पादक रहमान पक्राउ

पत्रकारीतालाई चुप लगाउन सम्पादक पक्राउ गरेकोमा अन्तराष्ट्रियस्तरमै बिरोध

logo
प्रकाशित २०७६ चैत १ शनिबार
pakistan-journalist-editor.jpg

काठमाडौं। पाकिस्तानको सबैभन्दा ठूलो मिडिया ग्रुप जंग तथा जीओका प्रधानसम्पादक साकिल उर रहमानलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। जंग तथा जीओ मिडिया ग्रुपका प्रधान सम्पादक रहमानलाई पाकिस्तानी प्रहरीले मार्च १२ पक्राउ गरेको हो। 

पाकिस्तानको भ्रष्टाचार बिरुद्ध अनुसन्धान गर्ने निकाय एनएबीले रहमानलाई ३४ बर्ष अघीको एक सम्पती खरीद गरेको कुरालाई गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिएको हो। पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुको बारेमा अनुसन्धानमुलक पत्रकारीताको लागि जंग र जिओ मिडिया ग्रुप चर्चित रहि आएको छ। रहमान सो मिडिया ग्रुपको ३४ बर्षदेखि प्रधानसम्पादक रहि आएका छन्। 

रहमानको पक्राउको पाकिस्तानको पत्रकारीता जगत र अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेले विज्ञप्ती निकाली विरोध जनाएका छन्। आईएफजेले पाकिस्तानी पत्रकारहरुको संघीय युनियन पीएफयूजेसँग ऐक्यबद्धता जनाउँदै रहमानको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कम्पनीमा काम गर्ने श्रमजिवीहरुको काम र अधिकारप्रतिको हस्तक्षेप भएको उल्लेख गर्दै गम्भिर चासो व्यक्त गरेको छ। 

एनएबीलाई देशको कानुन तथा आफ्नै नियम बिरुद्ध गएर पक्राउ नगर्न इस्लामावाद उच्च अदालतले दिएको आदेश बिरुद्ध गएर पक्राउ गरेकोमा पीएफयूजेले बिरोध गरेको छ। 

पक्राउ परेका सम्पादक रहमानले न्यूयोर्क टाइम्सलाई बताए अनुसार सरकारले मिडिया ग्रुपका सम्पादक, संवाददाताहरु र उत्पादकहरुलाई हटाउन दवाव दिएको अन्यथा मिडिया नियमक निकायको प्रयोग गरि टेलिभिजन च्यानल बन्द गर्न दवाव दिदै आएको थियो।   

पीएपयूजेका महासचिव राना मोहमम्द अजिमले कानुन कार्यान्वयन गर्ने निकायलाई आफूहरुले कुनै दवाव नदिए पनि सो मिडिया ग्रुपमा काम गर्ने सबै पत्रकार र श्रमजीवीको हित रक्षका लागि उभिने बताएका छन्।

आइएफजेका महासचिव एन्थोनी वेलान्जरले पत्रकारीता जगत सम्वन्धित देशको कानुनको उच्च सम्मान गर्ने भएपनि पत्रकारीतालाई चुप लगाउन कानुनको प्रयोग कदापी हुनुहुँदैन भन्ने पक्षमा रहेको बताएका छन्। महासचिव एन्थोनीले जंग पत्रिकाका कार्यरत पत्रकार र श्रमजीवीहरुको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको पक्षमा गम्भिर चासो समेत व्यक्त गरेका छन्।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पनि सम्पादक रहमानको रिहाईको माग गरेको छI



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ